Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

शेरबहादुरलाई चुनौति दिंदै शशांक

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन्। हिजो सङ्खुवासभा जाने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए थिए।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए। महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए। उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन।’

नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो। कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link