Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रभु लाइफको आइपिओ भर्ने आज अन्तिम दिन

loading views..
Nepal Telcome

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन रहेको छ।

मंसिर २९ गते देखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आइपीओमा बुधबार बेलुकासम्म ८ लाख ७३ हजार जनाले २ करोड ३७ लाख कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आह्वान गरेको सबै कित्ताका लागि आवेदन नपरे ढिलोमा पुस १३ गतेसम्म बिक्री खुल्ला गर्ने योजना थियो। तर बिक्री खुला भएको तीन दिनमै माग भन्दा चार गुणा बढी आवेदन परिसकेकाले बिहीबार बेलुका ५ बजेपछि बिक्री बन्द गरिने भएको छ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेसँगै चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ। ६० करोड बराबरको ६० लाख कित्ता साधारण सेयर मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणबाट आवेदन मागिएको छ।

कम्पनीको साधारण सेयरमा आवेदकको संख्या धेरै भएसँगै गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले १०/१० कित्ता सेयर पाउने छन्।

प्रभु बैंक र प्रभु ग्रुप अन्तर्गतका अधिकांश कम्पनी प्रवर्द्धक रहेको प्रभु लाइफले इक्रा नेपालबाट तुलनात्मकरूपमा कम जोखिम रहेको आइआर बीबी प्लस रेटिङ पाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link