Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित

loading views..
Nepal Telcome

काठमाडौँ। समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

वर्षौँदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको बौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक सङ्घका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

सङ्घका प्रवक्ता मोहन घिमिरेले देशभरिका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भए पनि कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले धर्नामा बस्नु परेको उनले बताए ।

वार्ता टोलीका सदस्य एवम् सङ्घका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भए पनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताए । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भए पनि कामअनुसारको पारिश्रमिक नभएको बताए ।

प्राध्यापक सङ्घले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्नेलगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link