काठमाडौं । आइएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आइएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।
शुक्रबार काठमाडौँमा आइएमई ग्रुपका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रूपमा रकम वितरण सुरु गरेका हुन् ।
कामदारको रूपमा विदेश पुगेका मृतकका परिवारमध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आइएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ ।
आज साउदी अरबमा कोरोनाबाट मृत्यु भएका ५ जनाको परिवारले र बहराइन र कतारमा मृत्यु भएका एक–एक जनाको व्यक्तिका परिवारलाई रकम वितरण गरिएको थियो ।
सबैले प्रतिपरिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम पाएका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.