पोखरा। सरकारले ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द गरेको छ । पटक–पटक ताकेता गर्दा पनि रोयल्टीनबुझाएको भन्दै बुधबार पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे होटलको स्तरप्रमाणपत्र रद्द गर्ने निर्णय गरेका हुन् । होटल सञ्चालन नगर्न र बैंक खाता रोक्का राख्ने निर्णयसमेत भएको छ ।
पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरिएको पत्र होटललाई पठाएको छ ।विभागका निर्देशक मोहनबहादुर जिसीले पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई दिएका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.