Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

बैंकले बढाए ब्याज, कति पुग्यो ?

loading views..

पोखरा। लामो समयदेखि तरलताको  समस्या  भोग्दै  आएका  वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका छन्। माघ  महिनाको  अन्तिम  दिन  वाणिज्य बैङ्कहरूले   फागुन   महिनाका   लागि   नयाँ ब्याजदर  सार्वजनिक  गरेका  छन्।

सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११•०३ प्रतिशत पुगेको छ।वाणिज्य  बैङ्कहरूको  छाता  सङ्गठन नेपाल   बैङ्कर्स   एसोसिएसनले   फागुनदेखि निक्षेपको  ब्याजदर  बढाउने  सहमति  गरेको थियो।   एसोसिएसनको    शुक्रबार    बसेको बैठकको  निर्णयअनुसार  फागुन  १  गतेदेखि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा ११•०३ प्रतिशत  र  संस्थागतमा  १०•०३  ब्याजदर  लागू हुने  भएको  छ। साथै  साधारण  बचत  खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम  र  कल  निक्षेपमा  ३•०१५  प्रतिशत  निर्धारण  गरिएको छ।

एसोसिएसनले   राष्ट्र   बैङ्कले   दिएको ब्याजदरसम्बन्धी    निर्देशनको    पालना गर्दै अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशत बढी फागुन महिनामा बढाइएको जनाएको छ।राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य    बैङ्कहरूले    व्यक्तिगत    मुद्दती निक्षेपमा   अधिकतम   ११•०३   प्रतिशतसम्म ब्याजदर  बढाउन  पाउने  सहमति  गरे  पनि ब्याजदर  बढाउने/नबढाउने  निर्णय  भने  बैङ्क  स्वयंकै हुनेछ।

तर   आफ्नो   निक्षेप   अर्कोमा   जाने जोखिमलाई  मध्यनजर  गर्दै  बैङ्क  तथा  वित्तीय संस्था अहिलेको अवस्थामा ब्याजदर अधिकतम बिन्दुसम्मै बढाउने प्रस्ट देखिएको छ। गोरखापत्रमा खबर छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्