Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज देखि खुल्ने, कति दिने आवेदन ?

loading views..

पोखरा। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले (आज) फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ।

हाल १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात २६ करोड पुग्नेछ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्