Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमसीसीका विरुद्ध उपत्यकाका लगायत देशैभर मशाल जुलुस प्रदर्शन (फोटोफिचर)

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी अवरोध छिचोल्दै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकीमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा चुच्चेपाटीदेखि चावहिल चोकसम्म र मित्रपार्कदेखि स्तुपासम्म, पीवीएम सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरको ख्वप्प कलेज चोकमा, पीवीएम पवनमान श्रेष्ठको नतेृत्वमा मंगलबजारदेखि लगनखेल बसपार्कसम्म, पार्टी सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङ र केस शारदा महतको नेतृत्वमा तिनथाना पुलदेखि कलंकी चोकसम्म, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इश्वर तिमिल्सिना र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको छ ।

पोखरामा पनि पृथ्बीचोकबाट न्युरोड हुँदै सयौंको संख्यामा निस्किएको मसाल जुलुस महानगरपालिकाको गेटमा प्रदर्शन गरिएको कुरा नेकपा क्रन्तीकारी  माओबदीका केन्द्रीय सदस्य नारायण अधिकारी निश्चलले बताउनु भयो।

त्यसैगरी चितवन, नवलपुर, रुपेन्देही, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर लगायत देशका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

स्मरण रहोस् एमसीसीको खारेजीको लागि संघर्षरत ६ पार्टी र २ मोर्चाले आज बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link