Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

एमसीसी सम्झौताबारे चीनको प्रश्‍न- यो उपहार कि ‘पान्डोराज बक्स’ ?

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।चीनले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतामा ‘पान्डोराज बक्स’ वा उपहार के हो भनेर प्रश्न गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा उपहारसँगै अल्टिमेटमको पोको आउने हो भन्दै प्रश्न गरेकी हुन् ।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने चेतावनी दिएका थिए,’ प्रवक्ता हुआले भनेकी छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेका थिए । मलाई आश्चर्य, उपहारमा कसरी अल्टिमेटमको पोका आउने थाल्यो । त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार कि ‘पान्डोराज बक्स’ हो ? यो हेर्दा राम्रो छ तर चपाउन मुस्किल पार्ने मासु हो भनेर नेपाली भन्ने हुन कि भन्ने डर छ ।’

एमसीसीबारेमा चिनियाँ न्युज सर्भिसले सोधेको प्रश्नमा प्रवक्ता हुआले अन्तर्राष्ट्रिय विकास सहकार्य आपसी समानता र सम्मान कायम राखेर हुनुपर्छ भन्ने चीनको निरन्तरको विश्वास रहेको बताइएकी छिन् ।

‘आफ्नो स्वार्थ पूर्तिका लागि कुनै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप, राजनीतिक स्वार्थ प्रेरित सम्बन्ध, धम्कीपूर्ण कूटनीति नभइ देशको सार्वभौमिकताको चासो र जनताको चाहनालाई पूर्ण सम्मान गरिनुपर्छ,’ उनले भनेकी छिन् ।

उनले नेपालको नजिकको मित्र छिमेकी र विकास साझेदार चीनले नेपाली जनतालाई स्वतन्त्रतापूर्वक आफ्नो विकासको बाटो छान्ने र आफ्नो क्षमताले भ्याएसम्म नेपालको आर्थिक सामाजिक विकासमा समर्थन र सहयोग निरन्तर रुपमा गर्ने बताएकी छिन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link