Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

सत्ता गठबन्धन र सभामुख पद जोगाउन एमसीसी टेबल गर्न मञ्जुर!

loading views..

पोखरा। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख गठबन्धन जोगाउन अमेरिकी सहायतापरियोजना एमसीसी संसदमा पेस गर्न दिएको खुलासा गरेका छन्

बुधबार बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्न सक्ने परिस्थितिनबनेपछि एमसीसी टेबलका निम्ति सहमति जनाएको बताएका हुन् एमसीसी टेबलमा सहमति नजनाएको अवस्थामा गठबन्धन सभामुख दुवै धरापमा परेकाले सहमति जनाउन बाध्य भएको बताए

हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर, सकिएन अब टेबल भएको तर हामी यसकोविपक्षमा मतदान गर्छौं कांग्रेससमेत सभामुखविरुद्ध वेल घेराउ गर्न आउने संकेतपछि सहमति जनाएको हो,’ प्रचण्डले भने

माओवादी केन्द्रले दर्ताअघि नै संशोधनको दबाब दिए पनि एमसीसी संशोधनबिनै अघि बढेकाले त्यसको पक्षमामतदान गर्न नसकिने प्रचण्डले बताए

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्