Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रचण्ड कांग्रेशको बैशाखीले चुनाव नलड्ने

loading views..
Nepal Telcome

पोखरा।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताएका छन् ।

नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताए । उनले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताए । उनले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित रहेको बताए ।

स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गतेको लागि तोकिएको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका धेरैजसो नेताहरुले चुनावमा तालमेल नभइ छुटाछुटै उम्मेदवार उठाउनुपर्ने बताइरहेका छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा तालमेल गर्ने सहमती भइसकेको दाबी गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link