Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

चोलेन्द्रलाई महाअभियोगको अल्झन

loading views..

पोखरा। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्धको महाअभियोग सरकारले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेसँगै प्रतिनिधि सभामा छलफलको क्रममै अड्किएको छ।

९८ सांसदले राणाविरूद्ध दर्ता गराएको महाअभियोग प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत भएको थियो। आजको संसद बैठकमा सम्भवत राणाका विषयमा छलफल हुने तयारी रहेको थियो ।

सरकारले महाअभियोगको प्रस्तावमा छलफल अघि नै अधिवेशन अन्त्य गरेपछि अब महाअभियोगको प्रक्रिया लम्बिएको छ।
सम्भवत: संसद अधिवेशन स्थानीय तहको निर्वाचनपछि बजेट ल्याउनुअघि मात्र बोलाउने सम्भावना रहेको छ । करिब राणाविरूद्धको महाअभियोगको प्रक्रिया कम्तीमा २ महिना पर धकेलिएको छ। मेरोन्युजबाट साभार

loading views..

arrow प्रतिक्रिया दिनुहोस्