Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा विवस चिन्तन `अजय´ निर्वाचित

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।लामो रस्साकसी  पछि गोरखामा मौलाएको गुटबन्दीको कारण नेतृत्व चयन गर्न नसकेको अबस्थामा माओबादी केन्द्रका पुराना कार्यकर्ता  भन्न रुचाउने पालुङ्गटार नगरपालिकाका पराजित  विवस चिन्तन उर्फ अजय माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा निर्वाचित भएका छन् । ब्यबसायी दुर्गालाल श्रेष्ठले अजयको लागि  आफ्नो उमेद्वारी फिर्ता गरे पश्चात उनको जित सुनिश्चित भएको थियो।उनले ३२ मत प्राप्त गरेका थिए ।अर्का प्रत्याशीले २२ मत प्राप्त गरेका थिए।

अध्यक्षमा तीन जनाको उमेद्वारी रहे पनि र दुर्गालाल श्रेष्ठले सहमतिमा जोडदिदै अन्तिममा उम्मेद्बारी फिर्ता लिएका थिए । त्यसैगरि उपाध्यक्षमा सुमन आचार्य, सर्मिला बगाले र रिखिराज धैारालि, सचिवमा शंकर राज कडेल, सह-सचिवमा बुद्धि बहादुर गुरुङ र केाषाध्यक्षमा बिकास भट्टराई निर्वाचित भएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link