Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओलीले इलाममा झलनाथलाई बोलीको गोली बर्साय

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लाज नभएको भन्दै आलोचना गरेका छन् । आज खनालको गृहक्षेत्र पुगेका ओलीले सभालाई सम्बोधन गर्दै एमालेबाट सांसद जितेर एमालेको बाकस खाली गर्नुपर्ने भनेकोमा आक्रोश पोखे ।

‘एमालेको सांसदको फुली बोक्ने ? फकाल्नुपर्दैन ?’ ओलीले झलनाथ खनालप्रति इंकित गर्दै भने,‘विचार गर्नुहोस् त कति सारो लाज नभएको होला ?’

खनालमाथि नुन र गुन बिर्सिएको आरोप लगाए । खनाललाई जनताले भारी मत दिएर जवाफ दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका नेता झलनाथ खनालले ओलीलाई सुन्यमा झारिदिने भनी अभिव्यक्ति दिएको भोलिपल्ट उनकै गृहक्षेत्र पुगेर ओलीले कडा जवाफ दिएका हुन् । उनले एमाले कायकर्तामा नङ नगाड्न चेतावनी समेत दिए ।-

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link