पोखरा।पूर्व मन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरसहित विभिन्न पार्टीका दर्जनौ नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बबरमहलस्थित कार्की ब्यांकेटमा मंगलबार आयोजित कार्यक्रममा सिंह र मानन्धरसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, वाइसियल नेपाल, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सयौं नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले आफू नेतृत्वमा रहेको सिंगो पार्टी नै एमालेमा समाहित भएको घोषणा गर्नुभएको थियो । सिंह र मानन्धरसहित सबै नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतले अबिर खाँदा लगाएर पार्टी प्रवेश गराउनुभयो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.