Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भरतपुर महानगरमा माओवादी केन्द्रको घरदैलो कार्यक्रम सुरु

loading views..
Nepal Telcome

भरतपुर। स्थानिय निर्वाचन नजिकिंदै जाँदा राजनीतिक पार्टीहरु जनताको घरदैलोमा जानुलाई अस्वभाबिक मानिदैन। त्यसो त देशभर पार्टीका झण्डा र चुनाव चिन्ह अंकित झण्डा नमुना चुनाव चिन्ह अंकित पर्चा बोकेर भोट माग्न हिड्ने कार्यकर्ता यत्रतत्र  देख्न सकिन्छ।

स्थानीय निर्वाचन नजिकिदैं जाँदा चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ। गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई जिताऊ भन्ने नारासहित भरतपुर महानगर नगरको वडा नम्बर १० बाट घरदैलो अभियान सुरु गरेको नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष ईश्वर सापकोटाले जानकारी दिए।

अभियानको एक समारोहका माओवादी भरतपुर महानगर ईन्जार्च घनश्याम दाहाल (अविनाश)ले उद्घाटन गरेका थिए। प्रदेश मन्त्री समेत दाहालले सो अवसरमा बोल्दै जनताको अधिकार स्थापित गर्न माओवादीको विकल्प नभएको बताए। उनले जनताको अधिकारी स्थापित गराउने माओवादी जिताऊ सबै क्षेत्र फेरि एक जुट हुनुपर्ने वेला आएको बताए । उनले आफूहरूकै एजेण्डका कारण आज देशमा परिवर्तन भएको स्मरण गर्दै माओवादीको लाल किला बनाउने अभियानमा सक्रिय बन्न कार्यकर्तालाई निर्देशन दिए।

सोही अभियान अन्तर्गत आज एकै भरतपुरको वडा २, ३, ५, ६, ८, ९, १०, ११, १२, १६, १७, १८, १९, २३, २४, २५ र २८ मा घर दैलो गरिएको अध्यक्ष सापकोटाले बताए। उनले अब हरेक दिन बिहान ७ देखी १० र बेलुका ५ देखी ७ बजेसम्म निरन्तर घरदैलौ गरी जनता माझा पुग्ने जानकारी दिए। सो क्रममा आफूहरूले माओवादी केन्द्रलाई भोट किन हाल्ने, एजेन्डा के हो भन्ने विषयमा जानकारीसँगै विकास प्रेमी आफ्ना नेता हलाई भोट दिएर जिताउन अपिल गर्ने बताए।

सोही अवसरमा बोल्दे माओवादी केन्द्र चितवनका सचिव जिल्ला सचिव दोर्णबाबु  सिवाकोटीले भरतपुरसँगै आफूहरू जिल्लाको ७ वटै स्थानीय तहमा घरदैलौ अभियान जारी राख्ने बताए। उनले चितवनको विकासमा माओवादीका नेतृत्वकै देशले मात्र होइन विश्वकै ध्यान केन्द्रित भएको बताए। उनले स्थानीय तहको अधिकार सही सदुपयोगका लागि माओवादी उम्मेदवारलाई जिताउनै पर्ने बताए। कार्यक्रममा प्रदेश सदस्य अर्जुन पाठक, प्रदेश सदस्यहरू उत्तम गुरुगत, ईश्वर रेग्मीसहित वडाका तहका नेताहरूको सहभागिता थियो। साथै भोलिदेखि महानगरको २९ वटै डामा हरेक दिनमा दुई चरणमा घरदैलो हुनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link