Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बैकका सिइओहरुलाई अत्याबश्यक कर्जा बाहायक सम्पूर्ण कर्जा रोक्न राष्ट्रबैंकको कडा निर्देशन

loading views..
Nepal Telcome

पोखरा। नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएको छ । सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाउँदै राष्ट्र बैंकले सो निर्देशन दिएको छ ।

एक बैंकका सीईओका अनुसार राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले यसबाट पार गर्नको लागि बैंकहरूको ठूलो भूमिका रहने राष्ट्र बैंकको भनाइ थियो ।

‘बैंठकमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकको वस्तुमा जाने कर्जा रोक्नु भनेको छ, हामी इनारको डिलमा छौं, यसमै हाम फाल्ने कि यसबाट बच्ने भन्ने ध्यान दिनुपर्छ भन्ने राष्ट्र बैंकको भनाइ थियो, गाडी कर्जा पनि रोक्नु भनेको छ,’ ती सीईओले भने ।

राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

विकासन्युजबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link