Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

चितवन माओबादीको आधार इलाका होःप्रचण्ड

loading views..
Nepal Telcome

भरतपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन कम्युनिस्ट क्रान्तिकारीहरुकै उर्वर भूमि भएको बताएका छन्। पूर्वी चितवनको रत्ननगर, खैरेनी राप्ती क्षेत्रलाई समेटेर आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी जनयुद्धदेखि नै चितवन आधार क्षेत्र भएकाले त्यसलाई जोगाउन निर्देशन दिए ।

चितवनको भूमि कम्युनिस्ट क्रान्तिकारीहरुको उर्वर भूमि हो । यदि कसैले कम्युनिस्ट उर्बर भूमि छैन भन्छ भने त्यो गलत हो’ प्रचण्डले प्रष्टिकरण दिँदै भने, ‘प्रतिक्रियावादी र संशोधनवादीले फैलाएको भ्रम चिरेर राष्ट्र, जनता, वर्ग हाम्रो समुदायको हक अधिकारको निम्ति एक पटक जागौँ । हामी लगियौ ने केही समयभित्रै परिस्थिति बदल्न सक्छौ। खैरेनी, रत्ननगर र राप्तीको जिम्मा लिएर नयाँ नेतृत्व आएकाले भोट हाल्ने बेलासम्म परिस्थिति अर्कै हुने प्रचण्डले दाबी गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link