Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्डका १३ दिने भाइ राष्ट्रियसभामा नियुक्त हुनु नातावादको पराकाष्ठा : ओली

loading views..
Nepal Telcome

पोखरा। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का १३ दिने भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको जिकिर गरेका छन् । अध्यक्ष ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए ।

उनले भने, ‘पुष्पकमल दाहालका भाइ नारायण दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link