Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

राजनैतिक दलहरुको देश लुट्ने कपाली तमसुक

loading views..
Nepal Telcome

पोखरा।सत्ता र राजनैतिक दल माछा र पानी जस्तै बनेका सत्ता बिना बाच्नै नसक्ने नेताहरु त्यसमा पनि हालको सत्ताधारी गठबन्धनले सत्तामा बसेर देश पूर्णतया खोक्रो बनाइ राख्नका लागि लोकतान्त्रिक बिधि पद्धतिलाई घज्जी उडाउँदै स्थानी चुनाब मार्फत तलैदेखि लुटको स्वर्गलाई बचाई राख्न अप्राकृतिक गठबन्धन गर्न पटक पटक कपाली तमसुक गर्दै आएको कुरा बिगतमा एमाले माओबादीको गठबन्धन होस् या त्यो भन्दा अगाडि माओबादी कांग्रेसको गठबन्धन होस् सबै मिलिजुलि राज्यसत्ताको चरम दोहोनमा केन्द्रित भएको कुरा प्रचण्डका आफन्तबाद….शेरबहादुरको फरियाबाद माधव नेपालका नाताबाद….केपी ओलीको यति ओम्नी प्यार अनि बाबादले छर्लंगै भइसकेका नेपाली जनतालाई  फेरि अर्को कपालिक तमसुकले झस्काएको छ।

स्थानीय तहको निर्वाचन आउन लगभग एक महिना बाँकी रहँदा सत्ताधारी पाँच दलीय गठबन्धनले तालमेल गर्ने औपचारिक घोषणा गरेको छ।

सोमवार बिहान बसेको पाँच दलका वरिष्ठ नेताहरूको बैठकले “हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण” गरेको उल्लेख गरेको छ।

“तल्लो तहसम्म कार्यकर्ताहरूलाई गठबन्धनप्रति प्रतिबद्ध गराउन यो अपिल जारी गर्नु परेको हो,” बैठकलगत्तै  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्।

उनका अनुसार पाँच दलबीच कुन-कुन ठाउँमा कति-कति प्रतिशतका दरले सिट बाँडफाँट गर्ने भन्ने जस्ता प्राविधिक कुराहरू हुन बाँकी नै छ।

“खासमा यो विषय ठाउँअनुसार तल्लो तहका कमिटीहरूले नै निर्क्योल गर्नेछन्,” उनले भने।

सोमवारको अपिलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।बीबीसीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link