Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

स्थानिय चुनाव सार्ने षडयन्त्र हुँदैछःकेपी ओली

loading views..
Nepal Telcome

काठमाण्डौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले विप्लव समूहलाई बहाना बनाएर सत्ता गठबन्धनले चुनाव सार्न खोजेको आरोप लगाएका छन् । उनले अध्यादेशमार्फत् कानून बनाएर चुनाव सार्न खोजेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

‘विप्लवलाई बहाना बनाएर गठबन्धनले चुनाव पर सार्न खोजे,’ ललितपुरको सानागाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,‘विप्लवजी बेलैमा सचेत हुनुहोस्, षड्यन्त्रको शिकार हुन जाँदैहुनुहुन्छ ।’

विप्लवलाई प्रचण्डको मतियार भएर चुनाव सार्ने षड्यन्त्रको शिकार नहुन आग्रह गरे । उनले भने,‘ प्रचण्डको मतियार भएर चुनाव सार्ने षड्यन्त्रको शिकार नहुनुहोस् ।’

विप्लवले चुनाव भाग लिने हो भने स्वतन्त्र रुपमा लिनुपर्ने बताए । आफ्नो दल विप्लव समूहलाई सूर्य चिन्हमा चुनाव लड्न साथ दिन तयार भएको बताए । उनले भने,‘चुनाव लड्ने हो भने सूर्य चिन्हबाट चुनाव लड्नुहोस् आउनुहोस् ।’

चुनावमा पार्टी दर्ता हुने समय हुँदा विप्लवले नगरेको र अहिले आएर समय मागेकोमा गम्भीर षड्यन्त्र लुकेको टिप्पणी गरे । देशमा स्थानीय तह रिक्त पार्ने षड्यन्त्र भएको आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै विगतमा प्रधानमन्त्री हुँदा स्थानीय तह रिक्त बनाएको आरोप लगाउँदै भने,‘ २०५९ सालमा पनि शेरबहादुर देउवाजीले स्थानीय तहहरु रिक्त गराउनुभएको थियो । शेरबहादुरजी त्यही गल्ती नदोहोर्याउनुहोस् ।’

देउवा पाचौं पटक प्रधानमन्त्री भएर महाखेलाडी भएको व्यङ्ग्य गर्दै भने,‘उहाँ खेलाडी होइन । अन्तैका खेलाडीहरुले उहाँलाई बनाएको । उहाँलाई खेलाउँदै लगेर भड्कालोमा हालेको रेकर्ड छ । देशलाई प्रतिगमनमा पुर्याएको रेकर्ड छ । खराब रेकर्ड नदोहोरियोस् ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link