गोरखा। गोरखा जिल्ला लाल किल्ला भनेर प्रमाणित गरेको नेकपा माओबादीले यति बेला भुईॅको टिप्ने क्रममा पोल्टाको पनि गुमाउँदै गएको आभास आम पार्टी कार्यकर्ता र शुभचिन्तकमा छाएको छ।आफ्नो हैसियत गुमाउँदै गएको गोरखाको माओबादीका लागि सो पार्टीका जिल्लातहका नेताहरुलाई आफु कसरी सुरक्षित तबरबाट राजनीतिमा छाइरहन सकिन्छ त्यसैको चिन्ताले न भोक छ न प्यास छ न त छ निन्द्रा! एउटा उखान छ नि जब राती बुढी ताती सोही उखानलाई चरितार्थ गर्दै चुनाबको मुखमा कार्यकर्ता शुभचिन्तक समर्थकको खोजी गर्ने लोगोवाला माननिय र गाडीबाट हात हल्लाएर हिढ्डन अभ्यस्त भएका माहन क्रान्तीकारी हुँ भन्ने नब सामन्त चरित्र बोकेका सर्बहारा वर्गका नेतृत्व हुँ भनेर दावा गर्ने आक्कल झुक्कल देखिने जिल्ला नेताहरुको गोरखामा देखिएको जमघट र इमान्दार कार्यकर्ताको असरल्लताले यो स्थानिय चुनावमा माओबादी केन्द्रलाई गोरखामा नमिठो पाठ सिकाउने करिब पक्का छ।जनताबाट अलगथलग भएर सदरमुकाम,प्रदेश राजधानी र राजधानीमा बसेर गिट्टी ,बालुवा ,वन पैदावार,सरुवा बढुवा,उठन्ती पुठन्तीमा अभ्यस्त बनेका अधिकांश नेताको कारण यो पटक गोरखा जिल्ला माओबादी किल्ला रहिरहने छैन् भन्ने अनुमान सामान्य कार्यकर्ताले समेत लगाएको पाइन्छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.