Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

गोरखामा माओवादीलाई स्थानिय चुनाब निक्कै महंगो पर्ने!

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखा जिल्ला लाल किल्ला भनेर प्रमाणित गरेको नेकपा माओबादीले यति बेला भुईॅको टिप्ने क्रममा पोल्टाको पनि गुमाउँदै गएको आभास आम पार्टी कार्यकर्ता र शुभचिन्तकमा छाएको छ।आफ्नो हैसियत गुमाउँदै गएको गोरखाको माओबादीका लागि  सो पार्टीका जिल्लातहका नेताहरुलाई आफु कसरी सुरक्षित तबरबाट राजनीतिमा छाइरहन सकिन्छ त्यसैको चिन्ताले न भोक छ न प्यास छ  न त छ निन्द्रा! एउटा उखान छ नि जब राती बुढी ताती सोही उखानलाई चरितार्थ गर्दै चुनाबको मुखमा कार्यकर्ता शुभचिन्तक समर्थकको खोजी गर्ने लोगोवाला माननिय र गाडीबाट हात हल्लाएर हिढ्डन अभ्यस्त भएका  माहन क्रान्तीकारी हुँ भन्ने नब सामन्त चरित्र बोकेका सर्बहारा वर्गका नेतृत्व हुँ भनेर दावा गर्ने आक्कल झुक्कल  देखिने जिल्ला नेताहरुको गोरखामा देखिएको जमघट  र इमान्दार कार्यकर्ताको असरल्लताले यो स्थानिय चुनावमा माओबादी केन्द्रलाई गोरखामा नमिठो पाठ सिकाउने करिब पक्का छ।जनताबाट अलगथलग भएर सदरमुकाम,प्रदेश राजधानी र राजधानीमा बसेर गिट्टी ,बालुवा ,वन पैदावार,सरुवा बढुवा,उठन्ती पुठन्तीमा अभ्यस्त बनेका अधिकांश नेताको कारण यो पटक  गोरखा जिल्ला माओबादी किल्ला रहिरहने छैन् भन्ने अनुमान सामान्य कार्यकर्ताले समेत  लगाएको पाइन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link