Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भरतपुर ११मा गठबन्धनका साझा उम्मेदवार युबराज पौडेल

loading views..
Nepal Telcome

भरतपुर।बि.स.२०१६मा पोखराको पुरनचौरमा जन्म भइ २०२१ सालमा चितवनको नौरङेमा सानै उमेरमा बसाइँ सरेपछि आफ्नो स्कुले जिवन नयाकिरण मा.बि. हुँदै नारायणी मा.वि.बाट पुरा गर्नु भएको थियो। २०३६ सालदेखि बिद्यार्थी आन्दोलनमा लाग्नुभएको र २०४२ सालदेखि पार्टीको क्रियासिल सदस्य पनि हुनुभएको थियो।२०४० सालमा हिमालयन स्कुलको संस्थापक शिक्षक हुनुभएको र उहाले २०४६ सालसम्म त्यहि अध्यापन गराउनु भयो। त्यसपछि जनआन्दोलनमा सहयोग गरेकै कारणले तत्कालिन समयमा शिक्षक पेसाबाट बाहिरिनु पर्यो। उहाँ २०४९ सालदेखि भरतपुर ११को बिशाल चोकमा स्थाइ बसोवास गर्दै आउनु भएको छ। सकारात्मक सोचका धनि उहाँ बिभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर काम गरिसक्नु भएको र कार्यरत पनि हुनुहुन्छ।
समझदारी सहकारीको संस्थापक सदस्य हुँदै पुर्व अध्यक्षको समेत कार्यभार चलाइ सक्नु भएको छ। भरतपुर ११ मा रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समुहको पुर्व अध्यक्ष पनि रहनु भएको थियो। चितवन उद्दोग संघको कार्यसमिति सदस्यमा रहेर काम गरिसक्नु भएको छ भने बर्तमान समयमा कमला देबि मन्दिरको सल्लाहकार , जनोदय समन्वय टोल बिकास संस्थाको सल्लाहकार तथा समझदारि भोजाड सहकारीको अध्यक्ष पनि रहनु भएको छ।
नेकपा माओवादि केन्द्र भरतपुर ११ को पुर्व अध्यक्ष रहिसक्नु भएको र अहिले उहाँ पार्टीको वार्ड इन्चार्ज पनि हुनुहुन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link