Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रेनु दाहालको पक्षमा अत्याधिक मत खस्ने

loading views..
Nepal Telcome

भरतपुर। पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिका वडा नम्बर ११ को लामाटोलमा भव्य  कोणसभा सम्पन्न गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार  रेनु दाहालले सुन्दर  र देशकै नमुना महानगर निर्माण गर्ने योजना लिएर आफू निर्वाचनमा होमिएको बताउँदै यसलाई साकार पार्न आदरणीय नगरबासी बुबा- आमा ,दाजुभाइ दिदी बहिनीहरुलाई मतदान मार्फत अमूल्य मत  दिएर सहयोग गर्न अनुरोध गरिन् ।भरतपुर महानगरपालिकाको निवर्तमान मेयर समेत रहेकी दाहालले बितेको ५  बर्षमा सुन्दर सहरको  आधारभूत पूर्वाधार निर्माण गरिसकेको र यसलाई पूरा गर्नका लागि प्रमुखको  उम्मेदवारी  दिएको बताइन। । बितेको ५ बर्षमा भरतपुरले दैशके नमुना विकास गरेको र आगामी कार्यकालमा बिकास, समृद्दि र सुशासनको उत्कृष्ट नमुना भरतपुरबाट गरेर देखाउने बताउदै  जखडीमाई खानेपाली आयोजना ३७ करोडको लागतमा आफूलेने सुरूगरेको र छिट्टै सम्पन्न हुने बताईन् ।बसेनी बजार लामाटोल सहक निर्माण भैसकेको र बाईपास गोर्खाली टोल  ३ किमी सडक स्मार्ट सिटी कार्यक्रम अन्तरगत टेन्डर निस्कासनको चरणमा रहेको बताईन् । नवजागृती फन पार्कलाई गुरूयोजना बमोजिम वार्षिक रूपमा बजेट विनियोजन गरेको र आगामी कार्यकालमा यसलाई पनि पुरा गर्ने योजना सहित अगाडि बढेको बताउदै   अब मध्य भरतपुरका सबै वडाहरूको सतह ढल र प्रशाधन केन्द्र निर्माण गरी सहरी  क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउने  योजना अगाडि  बढाइ सकेको समेत बताईन् । भूमिहीनहरूलाई जग्गाधनी पूर्जा र बेरोजगारी समस्या हल गर्ने आफ्नो मूख्य लक्ष्य रहेको समेत बताईन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link