Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

जितपुरसिमरा महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पौडेल निर्वाचित

loading views..
Nepal Telcome

बारा बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । सत्तारुढ अरु दलको पनि समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।

यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् । उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए ।

उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन् । लोसपाको तर्फबाट उपमेयर उम्मेदवार  बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link