रेनु दाहाल फराकिलो अग्रता सहित अगाडी।

रेनु दाहाल फराकिलो अग्रता सहित अगाडी।

चितवन ।चितवन जिल्लाको भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ८८हजार २ सय ८४ मत गणना हुँदा गठबन्धनले आफ्नो अग्रता कायम राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३४ हजार ६८४ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ३७० मत पाएका छन् । रेनुभन्दा सुवेदी ७हजार ३१४ मतले पछाडि रहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ६७२ मतले अग्रता लिएका छन् । अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत पाएकी छन् ।

महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।(बिहान ५ः१५बजे सम्मको )

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.