Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

भरतपुरको मेयरमा रेनु दाहाल विजयी!

loading views..
Nepal Telcome
नदीपुर दुध

भरतपुर।भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन्  एक लाख २५ हजार ८४२ मत गणना हुँदा गठबन्धनले आफ्नो फराकिलो अग्रताका साथ बिजयी भएकी हुन्।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५१ हजार ११२ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनुभन्दा सुवेदी १२ हजार १४० मतले पछाडि रहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २१ हजार ५७७ मतले अग्रता लिएका छन् । अधिकारीले ५१हजार ९०३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।(बिहान ५ः२५बजे सम्मको )

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link