Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माओबादीबाट निर्वाचित वडा अध्यक्षले सम्पूर्ण वडाबासीको बिजुलिको महसुल तिरिदिने।

loading views..
Nepal Telcome

बैतडी। पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन्। आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घोषणा गरेका हुन्।

सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए। उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन्।

वडा अध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन्। उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ। उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन्।’

विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय खुसी भएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link