Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

केपी ओलीलाई जितेर प्रधानमन्त्री भएर देखाउन प्रचण्डको चुनौति

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि–बजेट छलफलमा बोल्दै नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएकाले स्वागतयोग्य रहेको बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने मनसाय प्रष्ट छ ।’ यद्यपि, सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव र र सुझाव समेत आएकाले त्यसलाई प्रधानमन्त्रीले समेट्नेमा उनी विश्वस्त देखिए ।

इन्धनमा लगाएको बिभिन्न खाले कर हटाएर भए पनि मूल्य समायोजन गर्न सरकारलाई बिशेष आग्रह गर्दै सरकारको ध्यान आकर्षण गराएका छन्। सर्वोच्चको कारण नीजगढ विमानस्थल नबनाउने निर्यणले आफू आश्चर्य चकित भएको कुरा बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link