पोखरा।गणतन्त्रका बास्तविक सुत्राधार जनयुद्ध तथा शान्ति प्रक्रियाका नायक कमरेड प्रचण्डद्वारा गणतन्त्र दिबसको अबसरमा देश बिदेशमा रहनु भएका सम्पूर्णमा शुभकामना ब्यक्त गर्नु भएको छ। प्रचण्डद्वारा जारी शुभकामना सन्देश
गणतन्त्र दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । आजको दिन नेपाली जनताको सदियौं देखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो । १० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानमा हामीले संविधानसभाबाट संविधान निर्माण ग-यौं । संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि हामीले संर्घषकै बलमा पराजित गरेर यहाँसम्म आईपगेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागिता रह्यो । निर्वाचनमा जित हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।
देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो । नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका हुन् ।
तसर्थ, आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढन हार्दिक अपील गर्दछु ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.