Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जन अपेक्षा अनुरुप काम नगरेका ४ जना मन्त्रीलाई एस पार्टीले सरकारबाट फिर्ता बोलायो

loading views..
Nepal Telcome

पोखरा । नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले  पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने–हाम्रो पार्टीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । सरकारमा ६ महिनाभन्दा बढि समय व्यतित गरेका सबैलाई फिर्ता बोलाउँदैछौं । अहिले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबैको ६ महिनाभन्दा बढि समय भयो, उहाँहरु सबैलाई फिर्ता बोलाउँदैछौं ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link