Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

हाइटेन्सन तारमा चढेका विकको ६ घण्टापछि उद्धार!

loading views..
Nepal Telcome

नुवाकोट, २८ जेठ । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । नुवाकोटको ककनी गाउँपालिकाको हाइटेन्सन लाइनको तारमा चढेका उनको ६ घण्टापछि उद्दार गरिएको हो ।

मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले  बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए।

उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन्। उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link