Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

एसपीपीमा केपी ओलीको स्वीकृति: क्षेत्रीको पत्राचार, के भनिएको छ पत्रमा ?

loading views..
Nepal Telcome

पोखरा।पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति रविन्द्र क्षेत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।

त्यतिबेला पठाइएको पत्रमा क्षेत्रीले नेपाल सरकारबाट अनुमति प्राप्त भएअनुसार औपचारिकरुपमा स्टेट पार्टनरसिप प्रोग्राम स्थापनाका लागि आग्रह गरेको उल्लेख गरेका छन्।

‘यो कार्यक्रमले हाम्रो लामो समयदेखिको सम्बन्धलाई मजबुत पार्नेछ साथै द्विपक्षीय सुरक्षा सम्बन्ध मजबुत बनाउनेछ त्यस्तै सैन्य क्षमता, अनुभव तथा सुरक्षा सम्बन्धी ज्ञान वृद्धि गर्छु, पत्रमा भनिएको छ, दुई पक्षबीच साझेदारी वृद्धि हुनुका साथै आगामी दिनमा दुई पक्षको सुरक्षा दुई सहकार्य बढ्नेछ।’ नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ ।

पत्रमा नेपालको विपद व्यवस्थापनको तयारी अवस्थाका लागि तथा विभिन्न संकट व्यवस्पनमा सहयोग पुग्ने अपेक्षा नेपालले गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link