धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आयो रेल

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आयो रेल

पोखरा।करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको छ ।

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो रेल हो ।रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ ।

रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुबै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो ।

जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.