Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

देसको एकपटक पुनः नेतृत्व गर्न पाएँ भने देशलाई नयाँ युगमा लैजाने छुः प्रचण्

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेकोबताएका छन् । शुक्रबार एक कार्यक्रममा उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाए। “पहिलोपटक प्रधानमन्त्री हुँदा त झिलिमिली–झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौमहिनाको कार्यकाल बितिहाल्यो । नयाँ परिस्थिति बन्यो,” उनले भने ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला, मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानोनभएको बताए । उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए ।

उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए । “अर्कोपटक देशको नेतृत्व गर्नपाउने हो भने देशमा देखापरेका यी तमाम विसंगतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना त मनभित्र छ,” उनलेभने ।

उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुने विडम्बनासमेत रहेको बताए । “पहिलोपटक प्रधानमन्त्री हुँदा त भिलिमिली– झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिना बितिहाल्यो । नयाँ परिस्थिती बन्यो,” उनले भने।

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला मधेशलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानोनभएको बताए ।  उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए ।

अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए, “अर्कोपटक देशको नेतृत्व गर्न पाउनेहो भने देशमा देखा परेका यी तमाम विसंगतिमहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना त मनभित्र छ,” उनले भने।

उनले विरोध गर्नेहरुको हातमा डाडूपन्यौ हुने विडम्बना समेत रहेको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link