ललितपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वकोसरकार र युवराज खतिवडा भएको दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमाआयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमालेमहासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर र विदेशी मुद्रा सञ्चितीबारे गरेको टिप्पणीको जवाफदिँदै शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार रहेको बताएका हुन् ।
‘एमाले महासचिव शंकर पोखरेलले हाम्रो अगाडि जो शोधनान्तर घाटाको कुरा गर्नुभयो, यो घाटाको प्रणेता केपी ओली नेतृत्वकोसरकार र युवराज खतिवडा नै हो’, प्रचण्डले प्रश्न गर्दै भने, ‘समाजवादतिर जाने कुरा हामीले गरेको होइन ? वामपन्थी रकम्युनिस्टहरूको एकताबाट स्थायित्व समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला, जनतालाई प्रत्यक्ष राहत हामीलेघोषणापत्रमा भनेअनुसार जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्न मिल्छ?’ अध्यक्ष प्रचण्डले राष्ट्रवादको सवालमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा गल्तीगरेको बताएपछि उनलाई सम्झाउने प्रयास गरे । ‘झलनाथजीलाई पनि म सम्झाउन चाहान्छु । एमसीसीबारे पहिलो दस्तावेज मैलेलेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो यो हेक्काहोला, रहोस्’, प्रचण्डको भनाइ छ ।
एमसीसीबारे उठेका प्रश्नमा भने, ‘एउटा परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणा बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो ।त्यहाँ कुनै लुकिछिपीको कुरा होइन ।’ तर उनले अर्को सत्य एसपीपीलाई खारेज गराउने भूमिकाको नेतृत्व पनि आफैंले खेलेकोनबिर्सन सुझाव दिए । ‘यो सत्यलाई पनि कसैले इन्कार गर्न हुँदैन । ओली नेतृत्वको सरकारले नै एसपीपीको नेतृत्व गरेर आएको होभनेर मैले बोलेपछि प्रमाणित गर्न एउटा नेताले चुनौति दिएका थिए । उनले बोलेको केही दिनपछि प्रमाण नै आएपछि सक्कियो’, प्रचण्डको भनाइ छ ।
उनले कम्युनिस्टहरु बिग्रेपछि सबैभन्दा नराम्रा हुने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी प्रतिक्रियावादी, संविधान विरोधी देखिएकाले बाध्य भएर सच्याई जनताका सामु ल्याउनु परेको बताए ।
उनले ओलीले अहिले जोसँग पनि नेकपा कालको १९ पृष्ठ लामो फरक दस्तावेजको कुरा गर्ने गरेको भन्दै त्यो परिस्थितिको उपजभएको बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.