Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बाबुरामलाई उपेन्द्र यादबले कार्बाही गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।  सधै बिबादमा रहेर चर्चा बटुल्नका लागि पार्टी परित्याग गर्दै भाउतो गर्दै हिढ्ने जनयुद्धका सह कमाण्डर डा० बाबुरामलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले  अन्तत  कारबाही गर्ने भएको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको जसपा उच्च श्रोतले बतायो।

लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link