Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा (एस)को केन्द्रीय परिषद् बैठकबाट १७ बुँदे प्रस्ताव पारित

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको छ ।सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।

एकीकृत समाजवादीले माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भएका कम्युनिस्ट शक्तिलाई समाजवादी क्रान्तिकारी लक्ष्यमा एकतावद्ध हुन आह्वान गरेको छ ।

त्यस्तै अर्को प्रस्तावमा भनिएको छ, ‘समाजवादी कार्यदिशा अङ्गालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, सङ्घीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकतावद्ध हुन यो बैठक आग्रह गर्दछ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link