Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बागमति प्रदेशको मुख्य मन्त्री फेरिने।

loading views..
Nepal Telcome

पोखरा।बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने ।

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए । बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।

गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बागमती र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link