Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्ड भारतमा भारतियहरुसँग भेटघाटमा व्यस्त, आज यी व्यक्तिसँग भेट्दै

loading views..
Nepal Telcome

काठमाडौँ भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । भ्रमणको दोस्रो दिन आज उनी राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् ।

प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ ।

प्रचण्ड फाउण्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुने छन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यसपछि उनी भाजपाको मुख्यालय भ्रमणमा पुग्ने भएका छन् । त्यस क्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्ने छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link