Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओबादी एमालेको संरक्षणमा लुटको स्वर्ग बनाएर नबधनाढ्य बनेकाइच्छाराज तामङ्गकी श्रमती पक्राउ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। लुटको साम्राज्य खडा गरेर राजनीतिक शक्ति केन्द्रहरुलाई प्रभाबमा पार्न सफल आर्थिक अपराधिको कसुरमा जेलमाकोचिएका नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नीसिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमारमहतोले बताएका छन्

इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै नैप्रहरीको खोरमा परेका छन्। काठमाडौँ जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागिथुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्।

सिर्जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। निक्षपकर्ताको ५ अर्ब ८४ करोड४० लाख एक्काइस हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको आरोप छ।

विगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाएपछि १ हजार ५३० जनापीडितले सीआईबीमा जाहेरी दिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link