Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौ । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।

स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौंमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो।

सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दैै यहाँ आएको स्रोतको दाबी छ।

‘नेपालको कुनै एउटा समूहले भारततर्फ युरेनियम पठाउन लागेको सूचना पाएपछि भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको हो तर अहिलेसम्म फेला पार्न सकेको छैन। त्यसको अनुसन्धानमा नेपालका सुरक्षा अधिकारी पनि लागेका छन्,’ नेपालको सुरक्षा स्रोतले भन्यो। भारतीय अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई यसबारे सूचना दिएका थिए।

उनीहरूको सूचनालाई नेपाली सुरक्षा अधिकारीले पुष्टि गर्ने प्रयास गरिरहेका बेला भारतीय सिबिआई र ‘रअ’ को टोली नेपाल आएको हो। नागरिक दैनिकमा खबर छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link