रूख ढल्दा गुडिरहेको बस र स्कुटर कच्याककुचुक

रूख ढल्दा गुडिरहेको बस र स्कुटर कच्याककुचुक

  • आइतबार, साउन ८ २०७९

भक्तपुर। भक्तपुरमा अकस्मात रुख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किचिँदा १५ जना घाइते भएका छन् । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटर रुखले किचेको हो । स्कुटर कच्याककुचुक भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले आइतबार दिउँसो एउटा रुख ढलेर बस र स्कुटर किचिएको जानकारी दिए ।

रुख किचिएर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.