Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्डको एमालेसँग सहकार्य गर्न नसकिने घोषणा

loading views..
Nepal Telcome

पोखरा।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन्।

उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए। विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ।कसैलाई एमालेमा गएर ठुलो नेता बनौला भनेर लागेको भए जान नरोक्ने भनेर प्रचण्डले भनेको कुरा बैठकमा सहभागी एक नेताले बताए।खुब नैतिकताका पाठ रटाउने आफुले दया गरेर राष्ट्रिय सभामा (जनताले  नचाहँदा नचाहँदै त्यस्ता) ढोंगीहरुलाई  लगेकोमा पछुतो भएको बताए।

उनले भने, ‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ।’बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्था लगायतका विषयमा छलफल भएको थियो।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए। नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link