Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्ड माधव बन्चरोको बिंड हुन्।

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् ।

‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यीनै बीँड हुन् ,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले आज राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने । उनले माओवादी र नेकपा एसका कार्यकर्तालाई सम्झाएर फकाएर फर्काउनुपर्ने बताए ।

ओलीले बन्चरो र रुखको प्रसंग औल्याउँदै रुखबाटै बनेको बीँडको भरबाट बन्चरोले उक्त रुख काट्ने बताए ।काँग्रेसको कडा आलोचना गरेका ओलीले आफूहरुमाथि विगतमा दमन भएको बताए । काँग्रेसमाथि पञ्चायतले दमन गरेको र काँग्रेसको शासनमा उसले दमन सुरु गरेको आरोप लगाए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link