गोरखा । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले आदिबासी जनजातिलाई राज्यको मुलधारमा पुऱ्याउनु पर्ने बताएकाछन् । २८ औं विश्व आदिबासी दिबसको अबसरमा मगलबार नेपाल आदिबासी जनजाति महासंघ गोरखा नगर समन्वय परिषदलेगोरखाको समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट गोरखा नगरपालिकाकामेयर कृष्ण रानाले आदिबासी जनजातिहरु राज्यको हरेक निकायमा पुग्नु पर्ने बताएका हुन् । राज्यको कुनै पनि निकायमा पुगिएनभने हाम्रा समस्या जस्ताको तस्तै रहने भन्दै आफ्ना अधिकारका लागि एक जुट भएर लाग्नु पर्ने बताएका हुन् ।
हाम्रा भाषा रसस्कृतिको बिस्तारै बिस्तारै खुम्चिदै गएकोमा यसको जगेर्नाको लागि आ–आफ्नो ठाँउबाट लाग्नु पर्ने बताएका हुन् । आदिबासीजनजातिको भाषा सस्कृति र लिपीको सरक्षणमा राज्य निरहि भएको बताएका छन् । भाषा र सस्कृति राज्यको अमुल्य सम्पतिरहेकाले यसको सरक्षणमा मुख्य राज्य नै जिम्मेबार हुनु पर्ने बताएका छन् । कार्यक्रम भरत रानाको अध्यक्षतामा भएकाो थियो ।गोरखाका आदिबासी जनजातिहरुको नेताा बिष्णु राना , साबित्रा थापा मगर र कर्ण बहादुर गुरुङ लगाएतले मन्तबय राखेका थिए ।