Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपाको एकता समाजवादको लागि

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ ।

गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता क. हरि अधिकारी ‘कुमार’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाको एकता पार्टी प्रवेश नभएको जनाउँदै सत्ता र शक्तिको दुरूपयोग गरेर कसैले आफूलाई चमत्कारिक महिमामन्डित गरिरहने, हजारौँ नेता कार्यकर्ताले चुपचाप बसिदिनु पर्ने, समाजवादको मेसो केही नआउने, जनताले जीवनमा कम्युनिस्ट सरकारको अनुभुति नपाउने, चुनावी घोषणापत्र पूरा नहुने अवस्था आएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टी सचिवालय जस्तो पार्टीको उपल्लो निकायमा प्रवृत्तिगत किटानी गरेर विषय उठान गर्दा केही कमरेडहरूमा देखिएको हतास मानसिकता र आतङ्क देख्दा दया लागेको उल्लेख गर्नु भएको छ ।

उहाँले अब समाजबाद केन्द्र नेपाली विशेषताको समाजवाद रहेको राय पनि व्यक्त गर्नु भएको छ । उहाँले सुधार गर्न र सुध्रन चाहनेले यो ल्याउने र त्यसका लागि वस्तुगत परिपक्वता बढेको दावी गर्नु भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link