Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बस्दै

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

आजको बैठकमा माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ। यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो। बैठक बुधबार पनि बसेको थियो।

माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link