Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

विप्लव नेतृत्वको बन्दले गोरखामा जनजीबन प्रभाबित

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि गोरखाको जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण गोरखा सदरमुकाम क्षेत्रमा बजार पूर्ण रुपमा बन्द भएका छन् भने शिक्षण संस्थाहरुमा समेत पठन पाठन सञ्चालन हुन सकेको छैन ।

बन्दले गोरखा सदरमुकामबाट ग्रामिण क्षेत्रमा आउजाउ गर्ने सवारी साधनहरु चलेका छैनन् । त्यस्तै जिल्ला सदरमुकामबाट काठमाण्डौ, पोखरा चितवन लगायतका शहरमा चल्ने सवारी साधनहरु अबरुद्ध भएका छन् । बन्दले जिल्लाका अन्य मुख्य बजारहरु छेवेटार, आरुघाट, भच्चेक जस्ता बजार समेत बन्द भएका छन् ।

सदरमुकाम क्षेत्रमा सञ्चारकर्मी, एम्बुलेन्स, सुरक्षा निकायका सवारी र केही निजि मोटरसाइकल मात्र चलेका छन् । बन्दका क्रममा अवान्छित घटना हुन नदिन ठुलो संख्यामा सशत्र प्रहरी परिचालन गरिएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका ४ दलले बन्दको आव्हान गरेका हुन् ।

जसमा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् । विप्लवन नेतृत्वको नेकपाले आफ्नो पार्टीसंग गरेको सम्झौता पालना नगरेर देशलाई जबरजस्ती द्धन्दमा धकेल्न खोजेको आरोप लगाउदै आएको छ ।

सो पार्टीले आफ्नो पार्टी माथि लगाउदै आएको सवै खालका प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकताको तत्काल रिहाईका साथै सबै मुद्वा खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link