Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट किन दिए राजीनामा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आइतबार बैठकमा मन्तव्य राख्ने क्रममा मंसिर ४ गते प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा भइसकेकोले आफू पदमा बसिराख्नु उपयुक्त नहुने बताउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

संसदमा राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन् । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link